विप्लवमाथिको प्रतिवन्ध फुकुवा

विप्लवमाथिको प्रतिवन्ध फुकुवा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवा भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकाएको हो ।

बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको छ ।बिहीबार बिहान मात्र सरकार र उक्त समूहबीच तीन बुँदे सहमति भएको थियो ।

सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने,सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने,विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो ।

यता,तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका सो पार्टीका नेता-कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको छ ।

टिप्पणीहरू