विप्लवले आत्मसमर्पण गरेको आरोप
नेकपा माओवादीले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच भएको सहमतिलाई क्रान्तिकारी आत्मसमर्पणवाद भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले विप्लव महापतनको बाटोमा उन्मुख भएको आरोप लगाएको छ । सरकार र बिद्रोही नेकपाबीच भएको ३ बूँदे सहमतिलाई सो पार्टीले जनतामाथिको गद्दारी भनेको छ । सहमतिपत्र सार्वजनिक भएलगत्तै बिहीबार विज्ञप्ति जारी गर्दै सो पार्टीले विप्लव सत्ता स्वार्थमा लिप्त भएको पनि दाबी गरेको छ ।
विज्ञप्तिमा सरकार र विप्लवबीचको सहमतिलाई आत्मसमर्पणवाद र नेपाली जनतामाथि गरिएको गद्दारी भन्दै त्यसका बिरुद्ध आज फागुन २१ गते देशभर कालो झण्डासहित मसाल जुलुस प्रदर्शन गर्ने पनि जनाइएको छ । ‘केही उग्रवादीले महापतनको बाटो रोज्दै धोकेवाज,जनतालाई आश्वासन दिएर गद्दार कालो बादलको टाङमुनि छिरी लम्पसार परेर आत्मसमर्पण गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘जनता र कार्यकर्तालाई सडकमा छाडेर आफू सत्तामा लिप्त हुने सपना देखेका गद्दारलाई ऐतिहासिक विरासत बोकेको नेकपा माओवादीले परास्त गर्नेछ । ‘ कमरेड नेपालका नामबाट जारी विज्ञप्तिमा प्रचण्डदेखि विप्लवसम्मले जनतालाई धोका दिएको भन्दै जनयुद्धको आवश्यकता अझै बढेको उल्लेख गरिएको छ ।
टिप्पणीहरू