घाइते वामदेवकोमा प्रधानमन्त्री ओली
पाँच दिनअगाडि आफ्नो घरको सिँढीबाट लडेर आराम गरिरहनु भएका एकीकृत नेकपा उपाध्यक्ष तथा एकता अभियान संयोजक वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले भैसेपाटी गएर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
“छिटो निको हुनोस् भन्नुभयो,राजनैतिक बिषयमा प्रवेश गर्नुभएन,एकछिन बसेर जानुभयो ।” अहिले भर्खरको भेटवारे गौतमले जनआस्थालाई बताउनुभयो ।
टिप्पणीहरू