तालमेल थरिथरिका

तालमेल थरिथरिका

राष्ट्रिय राजनीतिको समिकरणमा आएको फेरबदल अन्य क्षेत्रमा फरक ढंगले लागू हुन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अरु सबै राजनीतिक दल र शक्ति एकीकृत भइरहेको बेला सामुदायिक रेडियोहरुको छाता संस्था रेडियो प्रशारक संघ (अकोराब) को आसन्न निर्वाचनमा नयाँ खालको समिकरण हुने भएको छ ।

नेकपाको प्रचण्ड–माधव समूहसँग नजिक रहेको भनिएको प्रेस संगठनलाई एक्ल्याउन अन्य सबै राजनीतिक दल निकट संस्थाहरु एकजुट भएका छन् ।

अकोराबको आगामी अधिवेशनमा नेपाल प्रेस युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिने सहमति गर्दै निर्वाचन प्रक्रियामा सहभागी हुन सबै संगठनहरुलाई हिजो लिखित आह्वान गरिएको छ । साझा उम्मेदवारी चयनको लागि नेपाली काँग्रेस समर्थित प्रेस युनियनको तर्फबाट अध्यक्ष बद्री सिग्देल, प्रधानमन्त्री ओलीनिकट प्रेस संगठनको तर्फबाट अध्यक्ष गणेश बस्नेत,जसपा निकट प्रेस मञ्चको तर्फबाट अध्यक्ष केशव अर्याल र मसालको तर्फबाट प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष उदय जिएमले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

टिप्पणीहरू