खुमलटार र बालुवाटारमा बिशेष बैठक

खुमलटार र बालुवाटारमा बिशेष बैठक

अपरान्ह बस्न लागेको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि अहिले खुमलटारमा नेकपा (बहुमत) को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नसक्ने नयाँ राजनीतिक रणनीतिलाई ‘डिफ्युज’ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

उता बालुवाटारमा सबेरैदेखि आधा दर्जन भन्दा बढी सांसद तथा मन्त्रीहरू छिरेको उच्च स्रोतले बताएको छ । बिहान प्रधानमन्त्रीलाई भेट्न गएकाहरूमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङलगायतका सात जना छन् । हिजोको संसदीय दलको बैठकमा अनुपस्थित भएका केही सभासदसमेत उपस्थिति जनाउन बालुवाटार पुगेको स्रोतको दाबी छ ।

हिजोको तुलनामा आज केहीले बालुवाटार पुगेरै उपस्थितिमा दस्तखत गरेपछि प्रधानमन्त्रीले राजीनामा नदिने सम्भावना बढेको चर्चा गर्न थालिएको छ ।

टिप्पणीहरू