अदालतले ओली र प्रचण्ड-नेपाललाई एमाले र माओवादीतिर फर्काइदियो
सर्वोच्च अदालतले केपी शर्मा ओली र प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी दुबै पार्टीलाई पूर्ववत नेकपा माओवादी र नेकपाएमालेतिर फर्काइदिएको छ ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट हालेका थिए । अघि भर्खर न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता भई पार्टीको अध्यक्षमा ऋषि कट्टेल छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता पछि ओली-प्रचण्डले ऋषि कट्टेल नेतृत्वको नेकपासँग मिल्नेगरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाम दर्ता गराएका थिए ।
आजको फैसलाले आयोगको पूर्व मान्यतालाई बदर गरिदिएको छ । र,पूर्ववत् नाम रोज्ने या अलग पार्टी दर्ता गर्ने बाटो खोलिदिएको छ । आयोगमा नेकपाको आधिकारिकतासम्वन्धी विवाद जारी नै छ । अदालतले एकीकरणअघिको अलग अलग नाम एमाले र माओवादीमै बस्ने कि नयाँ नाम दर्ता गर्ने अविलम्ब निर्णय गर्न पनि भनेको छ ।
फैसला सुनाउने बमकुमार श्रीमान डोटी र कुमार श्रीमान झापाको हुनुहुन्छ ।
टिप्पणीहरू