अब यी १७ माननीयको हैसियत के हुने ?

अब यी १७ माननीयको हैसियत के हुने ?

सर्वोच्च अदालतको आजको फैसलाले नेकपा एमाले र नेकपा माओवादी एकीकृत भएर बनेको नेकपाको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित १६ जना र प्रतिनिधि सभामा निर्वाचित एकजना माननीयको हैसियतमाथि प्रश्नचिन्ह ठड्याइदिएको छ । राजनीतिक ब्याख्यामा टेकेर गरिएको उक्त आदेशले न्यायमूर्तिहरुको न्यायिक मनमाथि समेत प्रश्न उब्जाइदिएको छ ।

पूर्वएमाले तथा पूर्वमाओवादी माननीयहरु छुट्टाछुट्टै कित्तामा बाँडिनुपर्ने गरी आएको फैसलाले यसबीच नेकपाको तर्फबाट प्रतिनिधिसभामा एक वर्षअघि कास्कीबाट निर्वाचित विद्या भट्टराईको हैसियत अब के हुने हो ?

त्यसैगरी,राष्ट्रिय सभामा पछिल्लो पटक माननीय बनेका क्रमशः इन्दु गौतम,गोपी अछामी,देवेन्द्र दाहाल, तुलसा दाहाल,राधेश्याम पासवान, गंगा बेल्बासे,बेदुराम भुसाल, नारायणकाजी श्रेष्ठ,भगवती नेउपाने,बिमला घिमिरे,जगप्रसाद शर्मा,गोपाल भट्टराई,मायाप्रसाद शर्मा,सुमित्रा बीसी,तारामान स्वाँर र शारदा भट्टको कित्ता पनि अदालतले नै छुट्याइदिनुपर्ने भएको छ ।

उहाँहरु सबै नेकपाको तर्फबाट राष्ट्रिय सभाको सांसद बन्नुभएको हो । पूर्व एमाले वा पूर्व एमाओवादीको टिकटबाट उम्मेदवार बन्नुभएको होइन ।

टिप्पणीहरू