११ लाख घुस चक्करमा समातिइन् ताराकुमारी

११ लाख घुस चक्करमा समातिइन् ताराकुमारी

 

हिरासतमा रहेको अभियुक्तलाई धरौटीमा छुटाउने जिम्मा लिएर सेवाग्राहीबाट लाखौं रुपैयाँ असुलेको आरोपमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समातेको छ ।

भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरले काठमाडौं महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिने नाममा ११ लाख रुपैयाँ बुझेको प्रमाण फेला परेपछि अख्तियारले हवल्दार ताराकुमारी श्रेष्ठलाई पक्रेको हो ।

सेवाग्राहीबाट लिइएको उक्त रकम श्रेष्ठले ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेण्ट,चाबहिलका सञ्चालक अनिस जोशीलाई राख्न दिएकी थिइन् । उक्त रकमसहित आयोग टोलीले श्रेष्ठ र जोशी दुवै जनालाई सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाइएको छ ।

टिप्पणीहरू