पशुपतिमा फेरि बालुवा खेती
पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रका मठ मन्दिरलगायत भौतिक निर्माणको निम्ति रकम जुटाउने नाममा बालुवाको ठेक्का आह्वान गरेको छ ।
गोरखापत्र दैनिकमा कोषले हिजो प्रकाशित सूचनामा गोठाटारस्थित झण्डै ५ सय ४० रोपनी जग्गाबाट उत्खनन् गरेर बालुवा,माटो तथा अन्य सामाग्री बिक्री वितरणको लागि इच्छुक योग्य सबैलाई आह्वान गरिएको हो ।
कोषले गोठाटारमा रहेको आफ्नो जग्गाबाट २ अर्ब १२ करोड रूपैयाँभन्दा बढीको बालुवा र माटो निकाली बेच्नको लागि सूचना प्रकाशित गरेको बताइएको छ । आगामी तीन वर्षभित्र झण्डै ३७ लाख घनमिटर बालुवा र ५४ लाख घनमिटर माटो बिक्रीबाट उठेको रकमलाई पशुपतिको भौतिक संरचना निर्माणमा प्रयोग गर्ने भनिएको छ ।
यसअघि सोही बालुवाखानी सञ्चालन गर्न दिँदा अनियमितता भएको आरोप लागेपछि ठेकेदारलगायतका कोष पदाधिकारीहरुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । विभिन्न व्यक्तिमाथि चलाइएको मुद्दाबाट अरुले सफाई पाए पनि ठेकेदारले पाएका छैनन् ।
टिप्पणीहरू