तालमेलको नाममा घालमेल, अर्को पक्षको गोडमेल

तालमेलको नाममा घालमेल, अर्को पक्षको गोडमेल

भोलि हुने सामुदायिक रेडियोहरुको छाता संस्था रेडियो प्रसारक संघ (अकोराब) को अधिवेशनमा यसअघि प्रधानमन्त्री ओली पक्षधर पूर्व प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले गरेको अस्तिको तालमेललाई प्रचण्ड–नेपाल समूह र काँग्रेसबीच हिजो भएको सहमतिले बदर गरी सबैको उपस्थिति रहने वातावरण बनाइएको छ ।

हिजोको सहमतिपछि वरिष्ठ उपाध्यक्षमा पहिलेकै गोविन्द देवकोटा दोहोरिने भएका छन् । उनी माओवादी निकट मानिन्छन् ।

त्यसैगरी समावेशी उपाध्यक्षमा पूर्वतिरका अर्जुन राईलाई पनि दोहोर्याउने सहमति भएको छ । एउटा सचिव र लेखा समितिको अध्यक्ष पनि उक्त समूहले लिने भएपछि सर्वसम्मतको सहमति भएको हो ।

यसअघि प्रचण्ड–नेपाल समूहलाई एक्लाएर एक्लौटी गर्ने योजनासहित सहमतिको कपी सार्वजनिक गरिएको थियो । उक्त योजनामा एक पक्षलाई अधिवेशनमा ढिम्किन पनि नदिने गरी आफूहरुलाई एउटा समावेशी उपाध्यक्ष र कोषाध्यक्ष दिए पुग्नेगरी सम्झौता गरिएको थियो । महासचिव र अध्यक्षसमेत नेपाली काँग्रेसलाई दिएर सम्झौता गरिएको थियो ।

तर, प्रचण्ड–माधव समूहले हिजो छुट्टै सम्झौता गरेपछि सर्वसम्मतिको स्वरुप जुटेको बताइन्छ ।

टिप्पणीहरू