माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल प्रशान्तले जानकारी दिए।
बैठकमा पुरानै पार्टी दर्ता प्रक्रिया शुरु गर्ने र वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय हुनसक्ने बताइएको छ। ढकालले भने बैठकको एजेन्डाबारे आफूलाई जानकारी नभएको बताए। ‘समसामयिक विषयमा छलफल हुन्छ होला,मलाई पनि एजेन्डा थाहा छैन’, उनले भने।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भै गठन भएको नेकपालाई मान्यता नदिएपछि दुवै पार्टी साविकको अवस्थामा फर्किएका छन्। बदलिँदो परिस्थितिमा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको हो ।
टिप्पणीहरू