झुक्याउने खेल अनेक

झुक्याउने खेल अनेक

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुलाई थाहै नदिई प्रधानमन्त्री केपी ओलीसंग सत्ता सहकार्यको सहमति गरेको खुलासा भएको छ । आज बसेको राजपा संसदीय दलको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि ठाकुरले त्यसबारे जानकारी दिएका हुन् ।

अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसंग वार्ता गर्नका लागि कार्यदल नै बनाएको खुलेको हो । टोलीमा जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र सांसद लक्ष्मणलाल कर्ण छन् । दुवै पूर्वराजपाका नेता हुन् ।

जसपाभित्र भावी सत्ता समीकरणलाई लिएर दुई धार देखिएको छ । पूर्वराजपाका नेताहरु ओलीसंग मिलेर जानुपर्ने पक्षमा छन् भने पूर्वसमाजवादीका नेताहरु ओलीइतरको गठवन्धन बनाएर जानुपर्ने अडानमा छन् ।

लक्ष्मणलाल कर्णले  कुनै हालतमा प्रधानमन्त्री ओलीसंग सहकार्य नहुने दाबी गरेका थिए ।

यसअघि जसपा कुनै पनि हालतमा ओली नेतृत्वको सरकारलाई निरन्तरता नदिने पक्षमा थियो । दुई हप्ताअघि सो पार्टीका नेता लक्ष्मणलाल कर्णले जनआस्थासंगको कुराकानीमा कुनै हालतमा प्रधानमन्त्री ओलीसंग सहकार्य नहुने दाबी गरेका थिए । प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भनेर सडकमा ओर्लिसकेपछि त्यहि प्रधानमन्त्रीसंग गरिने सहकार्य अनैतिक हुने उनको भनाइ थियो ।

यता पूर्वसमाजवादीका एक नेताले भने कुनै हालतमा ओलीसंग सहकार्य नहुने बताए । ‘प्रतिगमनकारी भनिसकेपछि उहाँसंग सहकार्य हुँदैन । राजनीतिमा नैतिकता, मूल्य पनि हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्छ’, उनले भने, ‘उहाँहरुले वार्ता गर्दैमा केही फरक पर्दैन ।’

संसदमा जसपाको ३४ सिट छ । १२० सिट रहेको एमालेलाई सरकार बनाउन राजपाले साथ् दिए पुग्छ । तर, दुवै दलमा विवाद छ ।

टिप्पणीहरू