ओलीलाई जोगाउन फुट्यो मधेशी दल
महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) ले केपी ओली सरकारलाई समर्थन गर्दै भोलि उपसभामुख र अन्य केही महत्वपूर्ण मन्त्रालयको भाग लिएर सत्ता साझेदारी गर्ने भएको छ ।
यसअघि उपेन्द्र यादव,बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सम्मिलित राष्ट्रिय जनशक्ति पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ समूहले आज दिउँसो सत्तारुढ एमालेको संसदीय दलका नेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेलसँग गरेको वार्तापछि उक्त सहमति भएको र जसपा औपचारिक रुपमै बिभाजित भएको बताइएको छ ।
महन्थ-उपेन्द्रको सँसदीय दल एकीकृत भएको जानकारी संसदलाई अहिलेसम्म नभएकाले दल विभाजनमा कुनै कानुनी झमेला नरहेको स्रोतको दाबी छ ।
३४ जना सांसद रहेको जसपामा पूर्व राजपाको १६ जना सांसद छन् । तीमध्ये हाल निलम्बित पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार उपेन्द्र र जेलमा रहेका रेशम चौधरी राजपामा छन् । महन्थ ठाकुर नेतृत्वको राजपाले गरेको पछिल्लो सत्ता सहकार्यको निर्णयले राजनीतिको छेउमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ जीवन प्राप्त गरे सरह भएको छ ।
टिप्पणीहरू