झापाका दुई जना डेपुटी गभर्नर
नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई नियुक्त गरेको हो।
बैंकको कार्यकारी निर्देशकहरुको वरियताक्रममा ढुंगाना तेस्रोमा र मिश्र तेर्हौं स्थानमा थिए। तर, प्रधानमन्त्रीको गृहजिल्लाका भएकै कारण कनिष्ठ भएपनि उनीहरुलाई नियुक्ति दिइएको बताइन्छ।
मिश्रको सेवा अवधि १८ वर्ष मात्र भएको छ। पेन्सन हुनका लागि मात्र दुई वर्ष बाँकी भएको अवस्थामा मिश्र डेपुटी गभर्नर बनेका हुन्। राष्ट्र बैंकको इतिहासमा पेन्सन नभई रिटायर्ड भएर डेपुटी गभर्नर हुने कार्यकारी निर्देशकहरुमा उनी दोस्रो हुन्।
निलम राष्ट्र बैंककाे डेपुटीमा पुग्ने पहिलाे महिला कार्यकारी बनेकी छन् ।
टिप्पणीहरू