काँग्रेसले तीन दिन झण्डा झुकाउने

काँग्रेसले तीन दिन झण्डा झुकाउने

नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, पूर्वमन्त्री, नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रहनुभएका जोशीको हिजो साँझ उपचारको क्रममा भएको निधनले मर्माहत तुल्याएको जनाउँदै आज शोक विज्ञप्ति जारी गरेको हो ।

जोशीको निधनले राष्ट्र र नेपाली काँग्रेसलाई अपुरणीय क्षति पुगेको बताउँदै काँग्रेस संसदीय दलले पनि गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रञ्द्धाजलीसमेत अर्पण गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणद्वारा आज जारी विज्ञप्तिमा दुःखको घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

टिप्पणीहरू