जावलाखेलमा दलाई लामाको फोटोसहित शहीद दिवस
ललितपुरको जावलाखेलमा तिब्बतियनहरुको सहिद दिवस अर्थात् २८ मार्च मनाइएको छ । तिब्बतीयन शरणार्थी क्याम्पमा भर्खर शुरु भएको उक्त कार्यक्रममा दलाइ लामाको फोटोसहित ठूलो संख्यामा तिब्बतियनहरु सहभागी छन् ।
कार्यक्रममा क्याम्प मेनेजर रिन्जिन दोर्जेको नेतृत्वमा पूर्वमेनेजर कर्मा लामा,शरणार्थी धर्मगुरु मन्जुर रिम्पोचेलगायत करिब डेढ सय जना सहभागी छन् । दलाई लामाको फोटोसहित आशिर्वाद एवम् शुभकामना आदानप्रदान कार्यक्रम भएको बताइएको छ ।
कार्यक्रमको आयोजना नोर्बुलिङ स्पोर्ट्स क्लब फुटबल ग्राउन्डमा गरेको हो ।
चिनियाँ कम्युनिस्ट शासनबिरुध्द सन १९५९ मा ल्हासामा उपद्रो मच्चाएपछि चौधौं दलाई लामा भारततिर भागेका थिए ।
त्यही क्रममा मार्च १० देखि झडप शुरु हुँदा मारिएकाहरुको सम्झनामा तिब्बती शरणार्थीहरुले ठाउँ ठाउँमा सहिद दिवस मनाउने गरेका छन् ।
टिप्पणीहरू