तरल पदार्थ प्रहारबाट राजधानीमै तीन जना घाइते
फागु पर्वको अवसरमा हिजो होली खेल्ने क्रममा छ्यापिएको शंकास्पद तरल प्रहारबाट तीन जना घाईते भएका छन्।
शंखरापुर नगरपालिका–१ मा आपसमा होली खेल्ने क्रममा अज्ञात तरल पदार्थ प्रयोग हुँदा १६ वर्षीया किशोरीका साथै ११ र ९ वर्षीय बालक घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टका अनुसार पानी भन्दै ग्यालनमा रहेको तरल पदार्थ छ्यापेपछि उनीरूप घाइते भएका हुन् । शंकास्पद तरल पदार्थ एसिड भएको आशंका गरिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको बताउँदै उनले भने ‘एसिड नै हो भन्ने कन्फर्म भएको छैन, कुनै केमिकल पनि हुन सक्छ ।’
घाइतेहरूको स्थानीय कृष्ण मेमोरियल अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू