भत्ता नपाएका डाक्टरलाई विवेकशीलको साथ
कोरोना महामारीको बेला उपचारमा अग्रपंक्तिमा खटिएका एक जना चिकित्सक सरकारले जोखिम भत्ता उपलब्ध नगराएको भन्दै धर्नामा बसेका छन् ।
सिभिल अस्पतालका डाक्टर अजित मल्लिक चिकित्सकको पोशाकमै हिजो मंगलबार माइतीघर मण्डलामा धर्नामा बसेका थिए । उनले कोभिड जोखिम भत्ता नपाएको र आफैँ संक्रमित हुँदा पनि सरकारले बेवास्ता गरेको बताएका छन् ।
सरकार र सरोकारवालालाई दवाब दिन प्लेकार्डसहित धर्नामा बसेका उनलाई विवेकशील पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीलगायत चार जनाले साथ दिएका थिए ।
यसअघि पनि विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै आन्दोलन गरेका थिए ।
टिप्पणीहरू