भाषा जोगाएको भन्दैे मेयर र उपमेयर सम्मानित
नेवा: पत्रकार राष्ट्रिय दबु काठमाण्डौ शाखाले मेयर तथा उपमेयरलाई सम्मान गरेको छ । शाखाले मंगलबार एक कार्यक्रमका वीच काठमाण्डौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको हो ।
नेवारी भाषाको संरक्षण,संर्वधन र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मेयर र उपमेयरलाई सम्मान गरिएको आयोजकले जनाएको छ । काठमाडौ महानगरपालिकाको वडा नं. ३२ मा रहेका विद्यालयहरूमा स्थानीय नेवारी भाषा (नेपाल भाषा) पाठयक्रम लागू गरी पठनपाठन गराउँदै आइएको छ ।
महानगरपालिकाको वडा नं. २२ स्थित न्यूरोड गेटमा सम्पन्न कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सम्पन्न सम्मान कार्यक्रममा नेवा: पत्रकार राष्ट्रिय दबु काठमाडौ शाखाका अध्यक्ष अर्बिन्दमान सिहंको सभापतित्व,काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, काठमाडौ महानगरपालिका वडा नं. १८,२०,२२ वडाध्यक्षहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
उक्त सम्मान कार्यक्रमको र्याली बसन्तपुर,प्याफल,यट्खा,टेङगल , ईन्द्रचोक ,जुद्वशालिक,धर्मपथ, झो:छेँ,जैसिदेवल,काष्ठमण्डप हनुमानढोका हुँदै बसन्तपुर डबलीमा आई समापन भएको नेवा: पत्रकार राष्ट्रिय दबु काठमाण्डौ शाखाले बताएको छ ।
टिप्पणीहरू