अख्तियारले गर्यो सेवाक्षेत्र परिवर्तनको घोषणा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले उदयपुरको सेवा क्षेत्र परिवर्तन हुने जानकारी गराउनुभएको छ । उदयपुर जिल्ला समन्वय समितिले गाइघाटमा आज आयोजना गरेको एक कार्यक्रममा चन्दले उक्त जानकारी दिनुभएको हो ।
त्यसअवसरमा उहाँले उदयपुरमा भएका भ्रष्टाचार र अनियमिततासम्बन्धी छानबिन अबदेखि ईटहरीस्थित कार्यालयबाट हुने जानकारीसमेत दिनुभयो । उहाँले भ्रष्टाचारमुक्त प्रशासनले समाजलाई सुशासनतर्फ डोराउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको छ ।
अन्य जिल्लासँग तुलना गर्दै उदयपुरलाई उहाँले भ्रष्टाचारबारे कम गुनासो आउने जिल्ला रहेको बताउनुभएको हो । यसअघि आयोगको सेवा उदयपुरले बर्दिबास महोत्तरीबाट लिँदै आएको थियो ।
टिप्पणीहरू