एकैदिन कोरोनाबाट सर्वाधिक ३५ जनाको ज्यान गयो

एकैदिन कोरोनाबाट सर्वाधिक ३५ जनाको ज्यान गयो

कोरोना महामारीका कारण पछिल्लो २४ घण्टामा ३५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा उक्त अवधिमा ४ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

मन्त्रालयद्वारा जारी सिट रिपमा पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ पीसीआर परिक्षण गरिएकोमा ४ हजार ८ सय ३१ तथा ९ सय ६३ एन्टिजेन परिक्षणबाट ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज ८ सय ८८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म ३ हजार २ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

टिप्पणीहरू