सपथलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घोष ‘स्वर्ण युगको प्रारम्भ’
डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गराएपछि ट्रम्पले अमेरिकालाई इतिहासकै राम्रो बनाउने र आजैदेखि स्वर्ण युगको प्रारम्भ भएको दाबी गर्नुभएको छ ।
सम्बोधनमा उहाँले मेक्सिकोसँग जोडिएको सीमानामा कडाई गरिने, अवैध आप्रवासीलाई समातेर आफ्नै भूमिमा फर्काइदिनेलगायत धारणा राख्नुभएको छ । अत्यधिक चिसोका कारण शपथ ग्रहण कार्यक्रम सन् १९८५ पछि क्यापिटोल हिलको सभा हलभित्र गरिएको थियो ।
समारोहमा पूर्वराष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल, पूर्वराष्ट्रपतिहरुको उपस्थिति थियो । त्यस्तै आधा दर्जनभन्दा बढी मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु पनि शपथ ग्रहण समारोहमा पुगेका थिए ।
टिप्पणीहरू