रजिष्ट्रारलाई विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी
काठमाडौं विश्वविद्यालय (केयू)को कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ । कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल माघ ७ गतेको निर्णयानुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न रजिस्ट्रार वाग्लेलाई जिम्मेवारी दिइएको हो । उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएपछि रिक्त उपकुलपतिमा रजिष्ट्रारलाई कार्यवाहक तोकिएको हो ।
उपकुलपतिका लागि सरकारले मागेको आह्वानमा १६ जनाले आवेदन दिएका छन् ।
टिप्पणीहरू