शिक्षक आयोगमा महिला सदस्य अनिवार्य

शिक्षक आयोगमा महिला सदस्य अनिवार्य

शिक्षक सेवा आयोगमा सदस्य नियुक्तिको प्रक्रिया थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगमा रिक्त वा रिक्त हुन लागेको एक महिलासहित दुई जना सदस्य नियुक्तिका निम्ति आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौटसम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरेको जनाउँदै इच्छुक व्यक्तिलाई आगामी १५ दिनभित्र आवेदन पेश गर्न आव्हान गरेको छ ।

इच्छुक उम्मेदवार कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, नियुक्ति हुनुभन्दा कम्तीमा दुई वर्षअघिदेखि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, ४० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको र कानून, शिक्षा वा प्रशासन क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्ने छ ।

टिप्पणीहरू