मधेशका विद्यालय धमाधम बन्द
चिसो बढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गरिएको छ । केही दिनदेखि जाडो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगरले १० दिन विद्यालय बन्द गरेको जनाएको छ । उपमहानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई मसान्तसम्म बन्द गर्न लिखित निर्देशन दिएको छ ।
‘जनकपुर उपमहानगरपालिकाको शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेण्डरमा जाडो बिदा आवश्यकताअनुसार दिने उल्लेख भएअनुसार यस जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा २०८१–०९–१९ गतेदेखि २९ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिइएको...’,पत्रमा उल्लेख छ ।
धनुषालगायत मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरोका कारण अत्यधिक जाडो बढेको छ । चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरण गर्न थालेको छ ।
टिप्पणीहरू