खोप केन्द्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । आज उपत्यकाका विभिन्न खोप केन्द्रको अनुगमनका क्रममा उहाँले खोप केन्द्र व्यवस्थित गर्न भन्नुभएको हो ।
अमेरिकी सरकारको अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप अभियानको आज जोरपाटीमा शुभारम्भ गरेपछि देउवा अनुगमनमा निस्किनुभएको थियो । सो क्रममा उहाँले अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगंज,वीर अस्पताल,नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सन्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप पुर्याउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
टिप्पणीहरू