​बालुवाटारबाट पैसा बेपत्ता

गरिब, असहाय र गम्भीर प्रकृतिका बिरामीको निहँु पारेर कार्यकर्तालाई करोडौँ रुपैयाँ पोस्ने गरेको प्रमनिवास बालुवाटारमा यतिखेर भने ५० लाख रुपैयाँको चर्काे खोजी भएको छ । प्रदेश र केन्द्रीय निर्वाचनका क्रममा हराएको भनिएको रकमको व्यापक खोजी भए पनि अभैm फेला परेको छैन तर कसले, केमा लगायो भन्नेचाहिँ यसै साता सुइँको भेटिएको छ । स्रोतले रकम बालुवाटारमै तर प्रधानमन्त्री निवासबाट केही परतिर पाइएको बताएको छ । प्रमनिवासकै एकजना अस्थायी जागिरेले सो रकम सुइँक्याएको कुरा हराएको दुई महिनापछि बल्ल पत्ता लागेको स्रोतले जानकारी दिएको हो । 

घटना विवरणअनुसार केन्द्रीय र प्रदेश निर्वाचनका क्रममा कांग्रेसले प्रचार प्रसारका लागि छुट्ट्याएमध्ये ५० लाख रुपैयाँकोे हिसाब नमिलेपछि खैलाबैला मच्चिएको थियो । प्रचार प्रसार समितिको कामका लागि पार्टी सभापतिले रकम छुट्याएको भए पनि फस्र्ट लेडी आरजु देउवाले पनि छुट्टै बन्दोबस्त गरेकी थिइन् । यसपटक उक्त समिति बालकृष्ण खाँणको अध्यक्षतामा गठन गरिएको थियो । समितिले विभिन्न स्थानमा पत्रकारलाई भ्रमण गराउनुका साथै पत्रकार सम्मेलन, प्रचार सामग्री निर्माण र पार्टीनिकट अनलाइनलाई परिचालन गरेको थियो ।  निर्वाचन सकिएपछि खाँणले त्यसको हिसाबकिताब कोषाध्यक्षलाई नभएर आरजुलाई दिएका थिए । त्यसमा ५० लाख रुपैयाँको हिसाब नमिलेपछि बालुवाटारमा रडाको मच्चियो र प्रधानमन्त्रीसम्म पुग्यो । तर रहस्य खुलेन । आखिर त्यो रकम आरजुकै सिफारिसमा प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त र त्यसताका अन्नपूर्ण पोस्ट्का रिपोर्टर गोविन्द परियारले व्यवस्थापन गरेको बताइन्छ । त्यसमा खाँणको पनि धेरथोर हात रहेकाले उनले स्पष्ट रूपमा आरजु र प्रधानमन्त्रीलाई जवाफ दिन सकेका थिएनन् । 

परियारले सो रकम आफूले हालै खोलेको एक अनलाइनमा लगानी गरेका रहेछन् । प्रमनिवास नजिकै बालुवाटारमै उनले कार्यालय लिएका छन् र त्यो रकम कार्यालय सजावट, कम्प्युटर खरिद आदिमा लगाएका छन् । आफूलाई काम गर्न सजिलो होस् भनेर नजिकै एक घर लिएका छन् । सरकारबाट निस्किएपछि आफू रिपोर्टरको जागिर खान नजाने र मिडिया खोल्ने भन्दै आएका उनले यो अनलाइनमा पार्टीको पैसा लगाएका हुन् । उनलाई प्रमले प्रत्यक्ष कुनै कुरा भन्दैनन् बरु पिएहरूले दिएको सूचनाका आधारमा प्रेस विज्ञप्ति बनाउने गर्छन् । त्यसो त उनले कार्यक्रमबारे फेसबुकबाट पनि जानकारी गराउँछन् । कतिपटक त उनले बोलाएर पत्रकार बालुवाटार पुगे पनि कार्यक्रम नै नभएकाले त्यसै फर्किनुपरेको थियो । प्रम देउवाले कांग्रेसका वरिष्ठ पत्रकारलाई प्रेस सल्लाहकारमा नियुक्त गर्न चाहे पनि आरजुको एनजिओमा काम गरेका उनलाई नियुक्त गर्नुपरेको हो । उनकै नियुक्तिका कारण कांग्रेसका पत्रकार रुष्ट भएको र देउवालाई नेपालको सिंगो पत्रकारिताले असहयोग गरेको अहिले आएर महसुस भएको छ । 

यसअघि स्थानीय निर्वाचनमा रमेश लेखकलाई प्रचारप्रसार समिति प्रमुख बनाउँदा पनि रकम घोटालाकै आरोप लागेको थियो । उनी संयोजक र गगन थापा उपसंयोजक बनाइएकोमा आफूनिकट पत्रकारलाई मात्र जहाज चढाएर सुदूरपश्चिम धेरै घुमाएकोले विवाद चर्केको थियो । 

टिप्पणीहरू