विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

सरकारले पेट्रोलियम पदार्थमा हालै गरेको मूल्यबृध्दिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।

चरणवध्द आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कात्तिक ३० गते नेपाल बन्द गर्न लागेको हो । सो पार्टीले आज जारी गरेको विज्ञप्तिमा आज दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार भोलि प्रचार/प्रसार र मशाल जुलुस,पर्सि २७ गते देशब्यापी विरोध प्रदर्शन,२८ गते एक घण्टा चक्काजाम,२९ गते सिठ्ठी र मशाल जुलुस,३० गते नेपाल बन्द घोषणा गरिएको छ ।

सरकारले हिजो मध्यरातदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै,खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाईएको छ । मूल्यवृध्दिविरुद्ध विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

टिप्पणीहरू