विदेशमा नयाँ व्यवस्था

अष्ट्रेलियामा नेपाली दूतावास भवन निर्माणका लागि शहरी विकास मन्त्रालयको टोली गएर नक्सांकन गरी फर्किएको छ । गत वर्ष फागुनमै त्यहाँ दूतावास भवन निर्माणका लागि अष्ट्रेलिया सरकारले जमिन उपलब्ध गराएको हो । त्यहाँ ६ हजार एक सय ९८ वर्गमीटर क्षेत्रफल (करिव १३ रोपनी) जमिन नेपालले सहुलियत दरमा पाएको छ । त्यसका लागि गत फागुनमा अष्ट्रेलिया सरकारकी चिफ अफ प्रोटोकल लिन्डा सरचल र नेपाली अधिकारीबीच सम्झौता भएको हो ।  

त्यस्तै, म्यानमारमा नेपाली दूतावास भवन निर्माणका लागि त्यहाँको सरकारसँग १३ रोपनी जमिन छुट्याइएको छ । त्यो जग्गाको ३६ करोड तिर्नुपर्ने । रकम निकासाको  ताकेता भइरहेको छ ।

सरकारले पुस ११ गते निर्णय गरेरै दुई वर्षभित्र पाकिस्तानको इस्लामावाद, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने योजना अगाडि सारेको थियो । त्यसबाहेक बैंकक, जेनेभा, पेरिस वा ब्रसेल्समा दूतावास भवन खरिद गर्ने योजना रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । लामो समयदेखि ती देशमा आफ्नै दूतावास भवन नहुँदा कूटनीतिक कार्यसम्पादन तथा सेवा प्रवाहमा कठिनाइ भएको थियो ।

टिप्पणीहरू