घरमै खानेपानी ल्याएपछि स्थानीय दङ्ग

घरमै खानेपानी ल्याएपछि स्थानीय दङ्ग

मकवानपुरको ग्रामीण भेगमा १ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी खुशी देखिएका छन् । खानेपानी आयोजनाले उनीहरुको घर घरमा पानीको पाइप पुगेको छ ।

मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा एक करोड ६ लाख रुपैयाँमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत अर्थात ६० लाख रुपैयाँ र गाउँपालिकाको २५ प्रतिशत अर्थात् ४६ लाख रुपैयाँको लगानीमा परियोजना निर्माण सम्पन्न भएको बताइएको छ ।

आयोजनाबाट २ सय १६ घर परिवारलाई स्वच्छ खानेपानी उपलब्ध भएको छ । यसबाट लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय वासिन्दाका लागि राहत मिलेको हो ।

झण्डै दुई किलोमिटर टाढाबाट लिफ्टिङ्ग गरेर टावर डाँडामा ल्याइएको खानेपानी दुई लाख ४० हजार लिटरको ट्याङ्कीमा संकलन गरिएको छ । संकलन गरिएको खानेपानी २ सय १६ घरपरिवारलाई नियमित रुपमा उपलब्ध गराउन थालिएको हो ।

टिप्पणीहरू