जरसा’बद्वारा हलसा’बको जिम्मा
नेपाली सेनाबाट केही समयअघि अवकाश पाएका सहायक रथी बाबुकृष्ण कार्कीले अन्ततः रुम्जाटार्नी श्रीमती गीता गुरुङलाई सन्तान जन्माउन नसकेको सजायस्वरूप जंगीअड्डामा बहालवाला महिला हवल्दारलाई जीवनसाथी रोजेका छन् ।
अहिले यो विषयलाई लिएर कोटेश्वरस्थित नं. ६ बाहिनीका अफिसरहरूबीच निकै चर्चा भएको छ । बाबुकृष्ण उनै व्यक्ति हुन्, जसका बुवा तथा तत्कालीन सैनिक हवल्दारले पञ्चायतकालमा ओखलढुंगामा मारिएका कप्तान यज्ञबहादुर थापालाई अप्रत्यक्ष रूपमा सहयोग गरेबापत धेरैपटक तुरतुरे सजाय पाएका थिए । पछि उनले सफाइ पाए । अहिले उतिबेलाका हवल्दारका छोरा बाबुकृष्ण आफैँले यतिबेलाकी महिला हवल्दारलाई कान्छीपत्नी बनाएका छन् । उनी पूर्वप्रधानसेनापति रुक्मांगद कटवालको गाउँले र निकटस्थ मानिन्थे ।
सेनाको तत्कालीन सुपिङ क्याम्पस, भीमफेदीमा अध्ययन गरी २२ बेसिकमा अफिसर क्याडेडबाट सेनामा सेवा प्रवेश गरेका थिए । त्यहीबेलादेखि अहिलेकी वैधानिक पत्नी गीतासँग प्रेममा थिए । त्यसबेला लगनखेलस्थित राजदल गणमा सरुवा भए । त्यहाँ कार्पेट काण्ड लागेपछि बर्दिया निकुञ्जमा गुल्मपतिका रूपमा खटिए । त्यहाँ गुल्मपति हुँदा एक दर्जन शिकारीलाई गोलीको निशाना बनाई चर्चा कमाए । सिरहामा माओवादी आरोपमा मारिएका एमाले नेता हेमनारायण यादवको हत्या उनकै हातबाट भएको आरोप लाग्ने गरेको छ । उनैले चलाएको गोलीबाट हेमनारायण ढलेको र खोलाको बगर लगी फ्याँकेको भन्ने गरिन्छ ।
पत्नी गीता अमेरिकी दातृनिकायद्वारा सञ्चालित आइएनजिओमा जागिरे छन् । छारे रोगको कडा औषधि सेवनका कारण उनमा सन्तान नहुने समस्या उत्पन्न भएको चर्चा सैनिकवृत्तमा चल्ने गरेको छ ।
टिप्पणीहरू