कर्तुत लुकाउने कष्ट

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको उजुरी पर्न थालेपछि एक चतुर खेलाडीको निद्रा गायब छ । यी खेलाडी हुन्, कृष्णबहादुर बस्नेत । उनी सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र ठिमीमा प्रशासन अधिकृतको रूपमा जागिरे छन् । त्यहाँ बसेर अकुत आर्जन गर्न सफल उनको ज्यादतीको सीमा नाघ्दै गएपछि उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग (दर्ता नम्बर १९७५२) देखि सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको छ । र, उनी आफ्नो गल्ती लुकाउन अहिले शक्ति केन्द्र धाउँदै छन् ।

स्रोतका अनुसार बस्नेतको भारतको उत्तर बंगाल विश्वविद्यालय, राजाराममोहोनपुर, दार्जिलिङको बिकम र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको काष्ठमण्डप स्कुल अफ पब्लिक अफेयर्स (कास्पाम) मेनेजमेन्टमा मास्टर्स डिग्री लिएको बताउँदै आएका छन् । उनीविरुद्ध सरकारी निकायमा उजुरी परेपछि आफ्नो नक्कली प्रमाणपत्र लुकाउन र त्यसउपर परेको उजुरी लुकाउन शक्तिकेन्द्र धाउन थालेको स्रोतको दाबी छ । उनले त्यहाँ रहँदा अनियमित तरिकाले जागिर खुवाउनका लागि योगेन्द्र महता, सीधै (उपसचिव) अफिसरमा जो पहिले सार्क सूचना केन्द्रमा जागिर छाडी गोल्डेन हेन्डसेक लिएका कर्मचारी भर्ती गरेका छन् ।

नियमानुसार, एकपटक गोल्डेन हेन्डसेक लिएका कर्मचारीलाई पुनः कुनै पनि संस्थामा जागिर दिन मिल्दैन । यस्तै नियमविपरीत रिसेप्सन पदमा अनु बस्नेतको नियुक्ति गरिएको छ । त्यस्ता अवैधानिक नियुक्ति बदर हुनुपर्ने मागसहित कर्मचारीले सरकारी निकायमा उजुरी हालेका छन् । 

टिप्पणीहरू