​जुन जिल्लाले असंख्य हाकिम जन्मायो

संयोग पनि कस्तो ! सिंहदरबारभित्रका ५ कमाण्डर, सबै एउटै जिल्लाका । तीन भाइ त ‘क्लास मेट’ नै ! यो यही जिल्ला हो जहाँका ५ सचिव, ९ सहसचिव, ३० उपसचिव र ४० शाखा अधिकृत सरकारी सेवामा छन् । तिनैमध्ये तीन जना छिट्टै सचिव हँुदै छन् ।

यसअघि निजामती सेवामा वर्चश्व रहँदै आएको थियो स्याङ्जा, पाल्पा, झापा, गुल्मी, अर्घाखाँची । अधिकांश सचिव, सहसचिव त्यतैका हुन्थे । यसचोटि रेकर्ड ब्रेक गरिदिएको हो संखुवासभाले । गृहसचिव प्रेमकुमार राई, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया र कानुन, न्याय मन्त्रालयका सचिव राजीव गौतम, महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक (सचिव) ईश्वर नेपाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका र एउटै विद्यालयमा पढेका हुन् । दिनेश, प्रेम र राजीव त एक समयका सहपाठी पनि । 

यसरी एकपछि अर्काे प्रशासक उत्पादन गर्ने विद्यालयको रूपमा नाम दर्ज गर्न सफल भएको छ, संखुवासभाको खाँदबारीस्थित हिमालय माविले । यस्तै, विद्यालयका उत्पादन शिक्षा मन्त्रालयका सहसचिव डा. सूर्य गौतम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश अधिकारी र महान्यायाधिवक्ताको कार्यालयका डा. टेकहादुर घिमिरे सचिव हुने क्रममा छन् । यो विद्यालय २००६ सालमा खुलेको हो । जसले एसएलसीमा सहभागिता जनाउन थालेको ५४ वर्ष भइसकेको छ । 
 

टिप्पणीहरू