पहुँच भएचाहिँ सबथोक पुग्ने

मान्छेहरु ‘म यति पहुँचदार छु’ भन्ने देखाउनका लागि विदेशबाट समेत नेपालमा हल्लिखल्ली मच्चाउन तम्सिन्छन् । 

दुई महिनाअघि इजरायलको राजदूतका रुपमा हाजिर भएकी गायिका अञ्जान शाक्यले एउटा प्रयोजनका लागि लगेको व्यक्तिलाई बजेट पारित नभएको दरबन्दीमा काम लगाउँदा अर्थ मन्त्रालयमा हल्लिखल्ली मच्चिएको छ । नेपालका विदेशस्थित सबै दूतावासमा सुरक्षा गार्ड राख्ने गरिँदैन । संगठनात्मक संरचना (ओएनएम सर्वे) मा भर्खरै गार्डको दरबन्दी स्वीकृत गरिएको भए पनि कुनै किसिमको सुरक्षा खतरा नरहेको देशमा अलग्गै गार्ड नचाहिने कारण बजेट छुट्टयाइएको हुन्न ।

त्यसमाथि प्रत्येक देशले राजदूतको सुरक्षार्थ त्यहीँका सुरक्षाकर्मी उपलब्ध गराउने प्रचलन छ । तर, अञ्जानलाई यतिले पुगेन । यताबाट निजी सहयोगीका नाममा लिएर गएको एकजना मानिसलाई गार्डका रुपमा काम लगाइन् ।सुविधाअन्तर्गत निजी सहयोगीका रुपमा दुईजनासम्म लैजान पाइने हो । तर, त्योभन्दा बढी लगेपछि त्यस्ता मानिसलाई यस्ता बजेट नभएका दरबन्दी देखाउँदै राखेकी छन् ।

गार्डका रुपमा काम गर्ने व्यक्तिले आफूले न्युनतम पारिश्रमिक नपाएको भनी अदालतमा मुद्दा हाले । अदालतले बिगो भराउँदै उनलाई तत्काल पारिश्रमिक दिन आदेश दियो । यसपछि अञ्जानले ओमनबाट शर्मिला पराजुली ढकालकै शैलीमा पत्राचार गरिन् काठमाडौंमा र आजभोलि नै त्यसको असर देखिएको पत्र तेलअभिभ पठाउँदैछ परराष्ट्रले । 

टिप्पणीहरू