पानी र घाम, यसरी चल्छ काम ?
सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै एउटा विभागलाई सोझै प्रधानमन्त्री कार्यालय मातहत राखियो । तर, त्यो विभागले गरिदियो के भने, यतिबेला पानी पर्छ, यति बेला घाम लाग्छ जस्ता रिपोर्टिङ ।
मौसम पूर्वानुमान शाखालाई बेरोजगार बनाउने गरी सुरक्षा निकायले नै घाम–पानीको भविष्यबाणी गर्न थालेपछि प्रधानमन्त्री रुष्ट बन्नुभएको छ । र, शुरु भएको छ पेलान । प्रसंग हो, राष्ट्रिय अनुसन्धान विभागको । उसले दिएको सूचनाका आधारमा सुरक्षा निकाय परिचालित हुने र राष्ट्रिय सुरक्षा मजबुत बनाउने अवधारणासाथ स्थापित सो विभागले वैशाखको १९ देखि २५ गतेसम्म ‘यतिबेला आंशिक बदली हुने, यतिबेला मेघ गर्जन, हावाहुरी, घाम…’ भन्दै जिस्क्याउने शैलीमा आफ्नो दैनिक जाहेरी पेश गर्न थालेको थियो । त्यसपछि शुरु भयो, पजनी ।
घर बस्ने– काम नगर्ने, उस्तै परे हावादारी खबर पठाउने र फिल्डमा खटेर रिपोर्टिङ नगर्दा सही सूचना नपुग्ने क्रम बढेको भन्दै कसैको जागिर गएको छ भने कतिपय बसिरहेको ठाउँबाट अन्यत्र सारिएका छन् । अर्कातिर प्रहरीको तालिम केन्द्रमा सय दिने तालिममा हालिएका बूढाखाडा अफिसरको पासआउट सोमबार भएको छ । अब उनीहरु फिल्डमा खटिने छन् । कपिलवस्तुमा भर्खरै बढुवा भएका इन्स्पेक्टर शैलेन्द्र शुक्लाले अटेर गरेपछि अनुशासनको कारवाही भएर उदयपुर सरुवा भए ।
यस्तै रवैया देखाएपछि हवल्दार कृष्णकुमार चतुर्वेदी गुल्मी पु¥याइए । डिएसपी विनोद देउजा सूचना संकलनमा थिए । त्यहाँबाट पत्रपत्रिका महाशाखामा लगियो र रसुवा सरुवा भए । त्यही झोँकमा राजीनामा दिए । उनी मानसिक रोगको उपचार चलिरहेका, औषधी पनि सेवन गरिरहेका व्यक्ति भन्ने बुझेपछि थामथुम पारेर फेरि सूचना संकलनमै हाजिर गराइएको छ । २ नम्बर प्रदेशबाट मधेसीमूलका कतिपय युवा भर्ना भएका, तर काम नगरी बसेका कारण काममा जोताउन थालिएको छ । यसबीच, पूर्वतिर गोइत समूहले चन्दा आतंक मच्चाउन थालेको छ ।
टिप्पणीहरू