​एउटा सानो अंकको असर

नम्बर मिल्छ, मान्छे मिल्दैन । पाउनेले दुःख पाइसक्यो । सरकारी अधिकारीचाहिँ ‘ए, गल्ती भएछ’ भन्दै हात बाँधेर बस्छन् † हाम्रै देशको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बिजोग हो यो । 

‘आयो’ भन्दैमा जे पायो त्यही उजुरी लिने प्रहरीदेखि ‘सकिन्छ’ भन्दैमा जसलाई पायो त्यसलाई समात्ने अध्यागमन प्रशासनसम्मको लापरवाही देखिएको छ । काठमाडौं, टोखा–७ की २२ वर्षीया अर्चना कुइँकेलले आफूमाथि घरेलु हिंसा गर्ने कृष्ण नेपाल वैदेशिक रोजगारीका लागि देश छाडेर जान लागेको भनी कालिमाटीस्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा जाहेरी दिइन् । त्यसअनुसार, महिला सेलले विमानस्थल सुरक्षा गार्ड कार्यालयलाई चिठी लेख्यो । जाहेरवालीले त्यसमा ०७५२६४११ भनी राहदानी नम्बर पनि उल्लेख गरेकी थिइन् । विमानस्थल प्रहरीले अध्यागमन कार्यालयलाई त्यही व्यहोराको पत्राचार ग¥यो ।

प्रहरीको पत्र पाउनासाथ अध्यागमनले ०७५२६४११ को राहदानीबाट विदेशिने व्यक्तिलाई कालो सूचीमा राखेर कम्प्युटरमा सो नम्बर अंकित ग¥यो । जेठको ५ गते साँझ ८ः२० बजे कतार एयरको उडान क्युआर ६६४ बाट त्यही नम्बरको राहदानी प्रयोग गरेर ६ वर्षदेखि अमेरिका बस्दै आएका मोरङका तीर्थराज पोखरेल ओर्लिए । तर, कालो सूचीमा परेको राहदानी भएकाले रोकिए । उनले आफ्नो राहदानी देखाए, झट्ट हेर्दा नम्बर मिल्छ, नाम मिल्दैन । कसुर त झन् मिल्दैन । आफ्नो राहदानी नम्बर दोहो¥याएर हेरे ।

यतिबेलासम्म पाँच घण्टा बितिसकेको थियो । पत्ता लाग्यो, ०७५२६४११ लाई कालोसूचीमा हाल्नुपर्नेमा प्रहरीको पत्रअनुसार नेपालीमा लेखिएको ७ लाई अंग्रेजीको ६ बनाएर अध्यागमनले इन्ट्री गरेको रहेछ । जम्मा एउटा अंक भनेर के गर्नु, कोही निर्दोषले पाँच घण्टासम्म नगरेको कसुरमा सजायँ पाउँदा के भयो होला ? त्यसमाथि अमेरिकी स्थायी बसोबास परिचयपत्र (ग्रीनकार्ड) को प्रक्रियामा रहेको नेपालीमाथि त्यत्रो तनाव दिइँदा सरकारी अधिकारीले के गर्नुपथ्र्यो ? अन्तिममा ‘ए, गल्ती भएछ’ मात्रै भनियो, अनि छाडियो ।

उता, युरोपको नक्कली भिसा ल्याउने धन्दा निकै मौलाएको छ । बालुवाटारमा स्पेनिस भिसा दिने सेन्टर छ । त्यसमा कीर्ते गरेर दिल्लीको बाटो भएर मान्छे उडाउने मानव तस्करहरु हिजोआज सक्रिय भएपछि जेठ ३ गते स्पेनिस भिसाअन्तर्गत थाइएयरबाट फ्रान्स उड्न लागेका २० जना नेपाली अफलोडमा परेका छन् ।

टिप्पणीहरू