​सरकारीमै यस्तो सिण्डिकेट

भक्तपुरको सल्लाघारीस्थित सैनिक स्कुलले शिक्षा विकासमा राम्रो भूमिका निभाएकै हो तर अहिले कक्षा ७, ८ र ९ मा आधाभन्दा बढी विद्यार्थीलाई गणित, विज्ञान र सामाजिक विषयमा पुनः परीक्षा लिएर पास गराउनुप¥यो । शिक्षकले न कहिल्यै होमवर्क दिन्छन्, न कुन विद्यार्थीको पढाइ कस्तो छ भनेर चासो राख्छन् । दिउँसो पढाएपछि शिक्षकको काम सकिन्छ र ? बिहान–बेलुका ट्युसन दिनु पर्दैन ? बेला–बेला छड्के जाँच लिइरहनु पर्दैन ? सेनाका छोराछोरीले त सस्तो शुल्कमा पढेका छन्, हामी गैरसैनिक अभिभावकले मासिक १३ हजारदेखि १७ हजारसम्म तिरेका छौं ।

 होस्टेलमा बस्ने विद्यार्थीलाई कति दिनसम्म अण्डा, दूध र फलफूल खुवाइँदैन । हामीले त्यसको पनि पैसा तिरेका छौं । हाम्रा बच्चाले खान
पाउने रासन नखुवाएर त्यसको पैसा कसको खल्तीमा जान्छ ? न पढाइ राम्रो छ, न खाना । 

केही विद्यार्थीले राति टोली–टोली बनाएर ट्वाइलेट गई चुरोट, गाँजा र रक्सी खान्छन् । यस्तो लापरवाही हुँदा पनि स्कुल प्रशासनले किन हेर्दैन ? हाम्रा बच्चालाई गाँजा तान्न पठाएको हो ? प्रिन्सिपल, हाउस मास्टर र कर्साबले के हेरेका छन् ? खाली स्कुलको क्वार्टरमा बस्ने अनि निःशुल्क गाडी चढेर मस्ती गर्ने हो ? 

पहिला पहिला विद्यार्थीलाई आवश्यक पोशाक, बक्स, झोला अभिभावकले नै किनेर पठाउन पाइन्थ्यो । अहिले सबै सामान स्कुलबाट महँगोमा किन्नुपर्ने बनाइएको छ । ७ सयको प्यान्टलाई १३ सय, १२ सयको बक्सलाई २२ सय, ९ सयको ट्र्याकसुटलाई १८ सय, ९ सयको ब्यागलाई १५ सयमा किन्न बाध्य पारिन्छ । सरकारी निकायभित्रै यस्तो सिन्डिकेट किन ?

पटक–पटक प्रिन्सिपललाई जानकारी गरायौं । कल्याणकारी विभागमा पनि उजुर ग¥यौं । कतैबाट सुनुवाइ नभएपछि जनआस्थामार्फत चिफसाबको ध्यानाकर्षण गराउन खोजेका हौं । 

वर्तमान चिफसाबलाई सेनापति बनाउन पूर्वसेनापति क्षत्रीको ठूलो हात रहेकाले होला, उनले जे भन्छन्, पूर्णचन्द्रले खुरुखुरु गर्छन् भन्ने सुनिन्छ । तपाईं निडरताका साथ सुधारवादी काम गर्दै जानोस्, हामी नागरिक साथमा छौं । एकतिर आचारसंहिता छ, अर्कोतिर यौनदुराचारी जर्नेल–कर्णेलहरुले महिला सैनिक र स्थानीयको शोषण गरिरहेका छन् । 

– सेनाको भलो चिताउने नागरिकहरू

टिप्पणीहरू