​शीतलनिवासको नाम बेच्दै

आफैँमा भद्र स्वभाव, कसैलाई बिझ्ने गरी, हप्कीदप्कीको स्वरमा बोल्ने बानी नै छैन, सम्माननीय राष्ट्रपतिको । तर, यो भद्रताको फाइदा उहाँकै कार्यालयमा कार्यरत कर्मचारीले उठाउने गरेको चर्चा सिंहदरबारतिर चल्ने गरेको छ । 

भर्खरै राष्ट्रपतिका केही जिल्ला भ्रमण भए । त्यसक्रममा एडभान्स टिम जाने, रेकी वा तयारीका निम्ति केही कर्मचारी खटिए । त्यसरी जाँदा दैनिक भ्रमणभत्ता (टिएडिए) पाइन्छ । दुई–चार दिन अगाडि–पछाडि आउने–जाने हुन्छ । निश्चित कामका लागि खटिने कर्मचारीले दैनिक भ्रमण भत्ता पाउनु भनेको उसलाई बाटोमा भइपरी आउने समस्या समाधान गर्नका लागि हो । तर, शीरबाटै दुरुपयोगको डरलाग्दो समाचार छ ।
शीतलनिवासबाट खटिएका कर्मचारीले असम्बन्धित मन्त्रालयका हाकिमलाई फोन गर्ने र अनेकन नाजायज माग तेस्र्याउने क्रम बढेको छ । उनीहरुले राम्रो कन्डिसनको गाडी भन्ने, बाटोमा लञ्च वा डिनरका लागि ताकेता गर्ने वा विभिन्न कोशेली माग्ने गरेको गुनासो छ ।

यस्तो मारमा परेका छन्, कृषि सचिव युवकध्वज जिसी । ‘राष्ट्रपति कार्यालयबाट बोलेको, गाडी चाहियो’ भन्दै कुनै कार्यक्रममा व्यस्त भइरहँदा फोन आएपछि मुर्मुरिने नै भए । तर, ठाउँबाटै फोन आएपछि ‘नाइँ’ भन्न पनि नमिल्ने । लुम्लेको माछा, बन्दिपुरको बाख्रा फार्मछेउछाउ बसेर दिउँसो बियर, सेकुवासहितको लञ्च, फर्किंदा निबुवा, भाङको अचारजस्ता माग । अहिले युवकध्वज जिसी ‘यस्तो ग¥यो, उस्तो ग¥यो’ भनेर ठाउँ–ठाउँमा गुनासो पोख्दै हिँडेका छन् ।

युवकध्वज त सिंहदरबारमै सास्ती खेप्ने पछिल्ला उदाहरण भए । जिल्लाका सिडिओ, एसपी, डिएसपीका पीडा फरक फरक छन् । ‘नमानौँ, सम्माननीयज्यूसँग जोडिएका मान्छे । मानौँ, पु¥याउनै नसकिने’, एकजना सिडिओले जनआस्थालाई सुनाए । 

टिप्पणीहरू