त्रिभुवन विश्वविद्यालयमा पुत्ला दहन

त्रिभुवन विश्वविद्यालयमा पुत्ला दहन

संयुक्त विधार्थी संघ संगठनका नेताहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको पुत्ला दहन गरेका छन् । आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्ति गर्ने निर्णयविरुद्ध गरिएको शान्तिपूर्ण आन्दोलनका क्रममा विद्यार्थीहरुलाई गिरफ्तार गरिएको भन्दै सोको विरुद्ध उनीहरुले पदाधिकारीहरुको पुत्ला दहन गरेका हुन् ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी), त्रि.वि.समिति इञ्चार्ज लोकेन्द्र ऐरी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु केन्द्रीय सदस्य प्रेम वि.क., नेकपा विप्लव निकट (अखिल क्रान्तिकारी) त्रि.वि.समिति अध्यक्ष अनिल के.सी., जसपा निकट समाजवादी त्रि.वि समिति उपाध्यक्ष रामनरेश यादवलगायतले विश्वविद्यालयका पदाधिकारीहरुको पुत्ला दहन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय सभाको सिनेट बैठकले आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्ति गर्ने निर्णय खारेजीको माग राख्दै पछिल्लो समय विद्यार्थी संघ संगठनहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

टिप्पणीहरू