सुन्दरीको यसरी पाएर साथ

एउटी सुन्दरीलाई पार्टीमा भिœयाउन पाएपछि रवीन्द्र मिश्र, किशोर थापा, डा. सूर्यराज आचार्यमा हर्षको सीमा छैन । सन् २०१८ की मिस नेपाल अर्थ २४ वर्षीया प्रिया सिग्देललाई साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

‘डेभलपमेण्ट स्टडिज’ मा स्नातक गरेकी प्रिंया हात्तीहात्ती नामक एनजिओका संस्थापक । कलाकार, मोडललाई पार्टीमा भिœयाएर कसैले पहाड फोडेको अभिमान नगर्दा हुने हो । हिजो लालुपाते नुग्यो भुइँतिर, कि लाऊ मायाँ उहीतिर नलाऊ दुईतिर भन्दै भद्रकालीमा कम्मर मर्काई मकाई प्रचण्डसँग नाचेर माओवादी बनेकी रेखा थापा आज कहाँ छिन् ? हिजो रेखालाई पार्टीमा हुल्न पाउँदा १० बित्ता उफ्रिएका होइनन् पूर्वमाओवादी ? उनैले आज सहकारीा साहुजीहरुलाई भिआइपीमा बसेर राति एघार बजे फोन गर है, मज्जाले कुरा गर्नुपर्छ, हतारो छैन, म नचढेसम्म जहाज उड्दैन, मान्य पो हुँ त भन्ने भइसकिन् । राप्रपामा छँदा यस्तो तागत थिएन । अहिले नेकपामा छिरेपछि चैते कामरेडको यस्तो छ फूर्ति । अनि कोमल वलीलाई टीका लगाएर नेकपामा भिœयाएको होइन ? करिश्मा मानन्धरको साथ पाउँदा दंग परेका होइनन् डा. बाबुराम भट्टराई ? अहिले करिश्मा नेकपातिर प्रवेश गर्ने अवसर खोजिरहेकी छन् । अरू पार्टीमा प्रवेश गरेका कलाकारको स्थिति हेर्दा प्रियाहरूलाई पार्टी प्रवेश गराएर रवीन्द्रहरू प्रफुल्ल हुनु कतै पिसाबको न्यानोजस्तो मात्र पो हुने हो कि ? 

कसरी आयो यस्तो परिणाम ?

नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव सालिन्ने विवादमा पर्छ । नपरोस् पनि किन ? जब निर्णायकबाटै सूचना चुहिन्छ । सेटिङ मिलाइन्छ । प्रज्ञाको काव्यविभाग सम्हालेका नयाँ विभागीय प्रमुखले कविता महोत्सव विवादरहित बनाउन कुनै कसर बाँकी नराखिने बताएका थिए । कविता महोत्सवकै इतिहासमा पहिलो पटक वाचनकलाको पनि नम्बर जोडिने भनिएको थियो । भयो पनि त्यही । अनि केही अनुमान सही भए, केही गलत भए । अनुमान गरिएअनुसार नै केही वर्षअघि दोस्रो भएका कवि हेम प्रभास प्रथम भए । 

बजारमा सवाल उठ्यो, नेपाली लेखक संघप्रति आबद्ध हेम कसरी प्रथम भए, प्रज्ञामा नेकपाको दुई तिहाइ भएको बेला ? यसको रहस्य ढिलो मात्र बाहिरिएको छ । प्रज्ञाकै प्राज्ञसभा सदस्य कवि, गीतकार तथा समालोचक डा. गीता त्रिपाठीले एक महिनाअगाडि नै हेमलाई ‘कविता बुझाउनू है, म जज बन्दै छु’ भनेकी रै’छन् । अनि हेमले ग्रिनसिग्नल पाएपछि मात्र बुझाएका रै’छन् । तारतम्य मिलाउने काम हेमका अनन्य मित्र पश्चिमतिरका एक जना संगीतकारले गरेका रै’छन् । नभन्दै त्रिपाठी जज बनिन् र हेमलाई प्रथम स्थान दिलाउन सफल भइन् ।

‘प्रज्ञामा नेकपाको बहुमत भएका बेला मलाई के दिन्थे प्रथम ?’ भनेर मन मारी बसेका हेम अन्ततः प्रथम भइछाडे । नेका, पूर्वमाओवादी र राप्रपाको साधारण सदस्यता बोकेर हिँड्ने त्रिपाठी पछिल्लोपटक नेकपा हुँ भन्दै हिँड्छिन् । नेकपाकै पावरबाट प्राज्ञसभा सदस्य बनेको चर्चा पनि बजारमा चल्ने गर्छ । त्रिपाठीकै कारण नेकामा आस्था राख्ने हेम यसपालि प्रथम भए भने शान्ति शर्माले सेटिङमै तृतीय पुरस्कार पाएको चर्चा चियापसलहरूमा बाक्लै चलिरहेको छ । 

टिप्पणीहरू