कमल थापा पनि रोक्नतिरै कस्सिए
राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढेको भन्दै उनले अभियान रोक्नुपरेको बताए ।
आज सामाजिक सञ्जालमा लेख्दै थापाले पार्टी पदाधिकारीहरुले दिएका सुझावको आधारमा अभियान रोकिएको बताएका छन् ।
उनले भनेका छन् ‘२७ पुसदेखि शुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ ।’
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालय समेत नगई बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लागेका थिए ।
टिप्पणीहरू