फोटोमा हट्यो फसाद
तयारी थियो, उम्मेदवारको फोटोसहित मतपत्र छाप्ने । त्यसो गर्न त भ्याइएन नै । यदि भ्याइएकै भए पनि नराम्रो फोटोका कारण भोट घट्यो वा राम्रो फोटो हुनाले मत बढ्यो भनेर उम्मेदवारहरू उफ्रिन आए के होला ?
प्रसंग हो, आसन्न उपनिर्वाचनको । ३७ जिल्लाका ५२ ठाउँको ५३७ बुथ मंसिर १४ गते हुने चुनावका कूल मतदाता छन्, चार लाख ५४ हजार एक सय १४ । यसबीच १८ वर्ष उमेर पुगेका मतदाता थपिएका छन्, १६ हजार २ सय १९ । पहिला राष्ट्रिय चुनाव हुँदा देशभरिका दलको चुनाव चिह्नसहितको मतपत्र छाप्नुपथ्र्यो र त्यो निक्कै लामो हुन्थ्यो । तर, अहिले चुनाव हुने जिल्लामा कुन–कुन दलले भाग लिँदैछन् भन्ने आधारमा मतपत्र छाप्नुपर्दा धरानमा २३ वटा चिह्नको मतपत्र तयार भएको छ भने पोखरामा २१ वटा चुनाव चिह्न छन् । धरानमा मेयर र एउटा वडाध्यक्ष, पोखरामा प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छापेर सेनाको जिम्मा लगाइसकिएको छ । जिम्मा लगाइसकिएका मतपत्र हुन्, प्रतिनिधिसभाका लागि चुनाव हुने पोखरा, प्रदेशसभाका लागि हुने भक्तपुर, बाग्लुङ र दाङका । बाँकी स्थानीय तहका लागि निर्वाचन हुने ठाउँमा ९ गतेभित्र पु¥याउने गरी जनक शिक्षा सामग्री केन्द्रले हिजै मतपत्र छापिसकेको र सेनाले हेलिकोप्टरबाट सबैतिर पु¥याइसक्ने भएको छ । मतपत्रमा उम्मेदवारको फोटो राख्ने योजना यसचोटि कार्यान्वयन भएन । यसमा चाहिँ ‘मेरो फोटै नराम्रो हालेर भोट बिगा¥यो’ भन्ने त्रासका कारण पनि समस्या पर्न गएको हुनुपर्छ ।
अर्कातिर, निर्वाचनमा भाग लिइरहेका राजनीतिक दलहरूको त्रास बेग्लै छ । जस्तो कि, ०७४ का मतदाताबारे राजनीतिक दलहरू अध्यावधिक होलान् वा तिनका मतबारे अनुमान गर्न सकिएला । तर, त्यसयता थपिएका मतदाता को हुन् ? तिनको मनस्थिति के छ ? तिनले कुन राजनीतिक पक्षधरता अपनाउलान् वा कुन प्रबृत्तिबाट निर्देशित छन् ? यस्ता विषयमा स्पष्ट हुन नसक्दा प्रत्येक राजनीतिक दल त्रस्त हुनुपर्ने स्थिति आएको हो । ०७४ को निर्वाचनपछि सत्तारुढ नेकपाको पार्टी गतिविधि शून्य छ । नेपाली कांग्रेस उसै पनि गतिविधिमा लागिराख्ने पार्टी होइन । यस्ता नयाँ मतदाता विशेषतः शहरी जनमतको परीक्षणका क्रममा निर्णायक हुन्छन् । शहरमा हुर्किएका टाठाबाठा युवा हुन्, नयाँ मतदाता । जस्तो कि, धरानमा ०७४ को स्थानीय तह निर्वाचनपछि मात्रै हजार मतदाता थपिए । त्यहाँ विगतमा २१ हजारको अन्तरले तत्कालिन एमालेले मेयरमा जितेको थियो । यसचोटि पहिलाको जति मतदान हुँदैन । किनभने, चुनावको लहर छैन र कतिपय मतदाता उत्साहित पनि छैनन् । यस्तो स्थितिमा नयाँ मतदाताले के गर्छन् भनेर दलहरू त्रासमा छन् । किनभने, पुराना मतदाताले मतदान नगरे पनि भर्खरै भोटर लिष्टमा नाम देखेका युवाहरूले जुनसुकै मूल्य चुकाएर वा जीवनको पहिलो अनुभव लिनका लागि पनि भोट हाल्न जान्छन् ।
टिप्पणीहरू