रेणुविरुद्ध एमालेका कार्यकर्ता सडकमा

रेणुविरुद्ध एमालेका कार्यकर्ता सडकमा

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणु यादवविरुद्ध जनकपुरमा विरोध प्रदर्शन हुने भएको छ । मन्त्री यादवले हिँसा भड्काउने अभिव्यक्ति दिएको भन्दै एमाले निकट युवासंघले प्रदर्शनको तयारी गरेको हो ।

रौतहटको एक कार्यक्रममा हिजो मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । गौर हत्याकाण्ड दोहोर्याउने चेतावनी दिँदै उनले राउतलाई ज्यानमार्ने धम्की दिएकी थिइन् ।

त्यसैको विरोधमा युवासंघ जनकपुरले आज प्रदर्शन गर्न लागेको हो । संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ । युवासंघले मधेश प्रदेशका अन्य ठाउँमा समेत प्रदर्शन गर्ने बताएको छ।

टिप्पणीहरू