सिद्धबाबाका थप समस्या
पछिल्लो समय बलात्कार काण्डको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास महाराजको काण्ड छताछुल्ल हुन थालेको छ । इटहरी– २० मा स्थायी घर भएका कृष्णबहादुर गिरी चतरा आएर बसेको धेरै भएको छैन ।
विज्ञानलाई नै चुनौति दिने गरी बिनाअक्सिजन ९ दिनसम्म समाधि बसेको भनिएका सिद्धबाबा उर्फ कृष्णदास महाराज मानव तस्करीमा समेत संलग्न हुने गरेको बताइन्छ । योगी र सन्तको भेषमा जडीबुटी तस्करीमा संलग्नता र दोहोरो नागरिकता बनाएर गैरकानूनी कार्यमा संलग्न हुँदै आएको आरोप खेपेका सिद्धबाबा केही भारतीय दलालसँग मिलेर सोझा युवालाई विदेश पठाउने धन्दामा संलग्न रहेको र सो क्रममा ११ जनालाई अलपत्र पारी पैसा खाइदिएको तथ्य बाहिरिएको छ ।
०६८ सालमा कृष्णदासले आफन्तसहितका १० जना नेपालीलाई अबैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरुको सहयोगमा दिल्ली पु¥याएका थिए । दिल्ली लगेर केही दिन अलपत्र पारी सिंगापुर ट्रेनिङको नाममा जान दवाब दिएका थिए । तर लाखौं खर्च गरी दिल्ली गएकाहरुले वर्किंग भिसामा मात्र जाने र त्यसैको नाममा पैसा लिएपछि धोकामा नपर्ने बताएपछि कृष्णदासको धन्दा चौपट भएको थियो ।
दुई नागरिकता काण्ड
कृष्णदासले सोलुखुम्बु र सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयबाट उमेर र नाम फेरेर दुईवटा अलग–अलग नागरिकता लिएका छन् । उनले ०६३ सालमा पुरानै नागरिकताबाट सुनसरीको तरहरा(हाल इटहरी)मा जग्गा किनेका थिए ।
सिद्धबाबाले पुरानो नागरिकतालाई ०७० सालमा समेत प्रयोगमा ल्याएको प्रमाण भेटिएको छ । उनले सो वर्ष भाइहरुको अंश हडप्ने उद्देश्यले कृष्णबहादुर गिरीकै नामबाट अंशको जग्गा बहिनीलाई बिक्री गरेका थिए ।
‘सन्तहरुको अर्को नागरिकता हुन्छ’ भनेर तर्क गर्ने सिद्धबाबाले नयाँ नागरिकता लिएपछि पनि पुरानोलाई किन सक्रिय पारे ? कुन–कुन काममा त्यो प्रयोग गरे ? पुरानो र नयाँ नागरिकताको आधारमा कुन–कुन ठाउँमा कसरी धनसम्पत्ति थुपारिएको छ ? भक्तजनहरुलाई भ्रममा पारेर कहाँ कहाँ जग्गा जोडिएको छ ? खोजी गर्नुपर्ने देखिन्छ ।
ढोंगीलाई हवल्दार गार्ड
कृष्णदासलाई राज्यले एक जना हवल्दार सुरक्षाकर्मी दिएको छ । सुरक्षाकर्मीलाई सँगै गाडीमा राखेपछि र गेरु बस्त्र लगाएको साधु अगाडि बसेपछि उनको गाडी कसैले चेकजाँच गर्दैन । केही वर्षअगाडि आफ्नै प्रहरी गार्डलाई कुटपिट गरेका थिए । उक्त घट्ना पनि गुपचुपमा मिलाईएको थियो ।
समाधि काण्ड
बिना अक्सिजन ९ दिनसम्म भू–समाधिमा बसेका सिद्धबाबालाई ०७२ चैत २६ गते साँझ ६ः३० बजेबाट पोखराको रामघाटस्थित मन्दिरबाट सकुशल निकालियो ।
नौ दिन अर्थात् २ सय १६ घण्टा बिनाअक्सिजन बाँचेका सिद्धबाबाको यो चमत्कारिक कुरा सुन्दा उनको बारेमा बुझ्न मन लाग्यो । एउटा मान्छे कतिबेला सिद्ध पुरुष कहलिन्छ ? सिद्ध हुनुको अर्थ के हो ? सिद्धताको विशेषता के हो ? यो प्रश्नले खुल्दुली पैदा ग¥यो । यही खुल्दुलीलाई साम्य पार्नका लागि पल्टाइयो धार्मिक ग्रन्थको पवित्र पुस्तक ‘गीता’ ।
भागवत गीताको अध्याय २ को ५६ श्लोकअनुसार ‘जुन मान्छेका लागि सुख र दुख समान अवस्था हो, सुख प्राप्तिको जसको स्पर्श हटिसकेको छ, जुन भय र क्रोधबाट मुक्त हुन्छ र जो स्थिर बुद्धिवाला हो, ऊ नै सिद्ध पुरुष हो ।’
भागवत गीताले भनेजस्तै के ती व्यक्तिसँग सिद्ध पुरुषको गुण छ त ? सुविधाजनक गाडी चढ्ने, नाम र दामका लागि भ्रमित कपटपूर्ण कथित चमत्कारको नौटंकी रच्ने यी बाबा कसरी सिद्ध पुरुष भए ? आफैले आफैलाई स्वघोषित सिद्ध प्रमाणित गर्दैमा कोही सिद्ध कहलिन्छ भने सिद्ध हुनकै लागि काम, क्रोध, लोभ, माया, मोह सबै कुरा त्याग्नेहरू प्रति कत्तिको न्याय होला ? अनि आफ्ना गैरकानुनी जञ्जालबाट मुक्त हुनका लागि रचिएको यो नौटंकीपनले के उनलाई सिद्ध पुरुष साबित गर्न सहयोग पुग्छ ?
सृजनशील र परिणाममुखी काममा लाग्न नसक्ने, छलछाम, भ्रम, अबैध कारोबार र ठगीमा रमाउनेको वास्तविकता छताछुल्ल पार्नुपथ्र्यो राज्यले । र, अरु कसैलाई यस्ता हावादारी कुरामा नलाग्न सचेत गराउनुपथ्र्यो । यसले त युवाहरूलाई नयाँ नयाँ कुराको खोज, अनुसन्धान गर्नमा भन्दा छलछाम र भ्रम फैलाउन पो प्रोत्साहित गर्छ । नाम बद्लेर दुइटा नागरिकता लिने व्यक्तिविरुद्ध बलियो कानुन हुँदाहुँदै जाँचपास र भन्सारबिनाको भारतीय नम्बर प्लेटको गाडीमा राज्यले कुन हैसियतले सुरक्षाकर्मी उपलब्ध गराएको हो ? त्यसको जवाफ आम नेपाली नागरिकले माग्नु पर्ने बेला आएको छ ।
टिप्पणीहरू