​हँसियाको बिहे र खुर्पाको गीत

  • संकेत कोइराला

थोमस एल्वा एडिसन कैयौं पटकको प्रयासपछि बल्ब बनाउन सफल भए । त्यसपछि पियनको काम गर्ने सहयोगीलाई बोलाएर परीक्षण गर्न अह्राए । तर, उनले पहिलो पटक बल्ब समाएका कारण अत्तालिएर बल्ब भुइँमा खसाए । 

दुई दिनपछि एडिसनले फेरि बैठक डाके । पहिलेका सहयोगीलाई बोलाएर बल्ब हातमा लिन भने । अरू स्टाफ एकै स्वरमा कराए– ‘उसले अस्ति पनि बल्ब फुटाएको हो । अहिले पनि फुटाउन सक्छ । किन दिनुभएको फेरि उसैलाई ?’

एडिसनले जवाफ दिए– ‘अस्ति फुटेको बल्ब बनाउन मलाई एक दिन लाग्यो । यो बल्ब फुट्यो भने यसलाई फेरि बनाउन एकदिन लाग्नेछ । त्यो म बनाउन सक्छु । आफ्नो हातबाट बल्ब फुटेका कारण यो केटोले गल्तीको पश्चाताप गरिरह्यो भने उसले जिन्दगीभर आफ्नो आत्मविश्वास गुमाउनेछ र डरमा बाँचिरहनेछ । गल्ती गरेपछि जब व्यक्तिले त्यो सुधार्न त्यही काम फेरि गर्दैन, ऊ पश्चातापमा बाँच्छ, जुुन जिन्दगीका लागि खतरनाक हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकारको जिम्मेवारी एडिसनको मनोविज्ञानसँग मिल्दोजुल्दो छ । त्यो बकस पासमा अधिकार कम, निगाहाको मात्रा धेरै छ । प्रचण्डको चिडचिडाहटले भन्छ– उनका लागि पार्टी एकता भँगेराको शिकारजस्तै भएको छ । भँगेरा मार्न जति सजिलो हुन्छ, भुत्ल्याउन उति नै कठिन । सम्बन्ध जतिसुकै खराब भए पनि त्यसलाई तोड्ने कोशिस प्रचण्डको कोर्टबाट अबका दिनमा नहुने निश्चित छ । किनकि पानी जतिसुकै धमिलो भए पनि त्यसले तिर्खा त मेट्दैन तर आगो निभाउन काम लाग्छ भन्ने सत्य उनले गिरिजाप्रसाद कोइरालासँगको दोस्तीबाट घाँटीघाँटीसम्म सिकेका छन् । 

गिरिजाप्रसादले राजा ज्ञानेन्द्रसँग प्रतिशोध साँध्न ‘प्रचण्ड’ अस्त्र उपयोग गरे । कोइराला नेपाली राजनीतिको ‘डिलर’ भएको बुझेका प्रचण्डले भक्कु राजनीतिक फाइदा उठाए । यो सम्बन्ध व्यावसायिकताको अंश थोरै, व्यापारिक ज्यादा थियो । चुनाव जितेपछि ‘भाले’ भएका प्रचण्डले गिरिजाप्रसादलाई बाल नदिनुको पछाडि यही स्वार्थले काम गरेको थियो । समकालीन राजनीतिमा प्रचण्ड यस्ता चतुर राजनीतिक व्यापारी हुन्, जो एमाले र कांग्रेस छुट्टिने गौंडोमा बसेर आफ्नो गोरखधन्दा आनन्दसँग चलाउन सफल छन् । 

शान्ति प्रक्रियामा माओवादीलाई आफ्नै पार्टी बराबरको हैसियत दिएर संसद् भिœयाउँदा एमाले नेताहरू गिरिजाप्रसाद कोइरालासँग आगो भएका थिए । प्रचण्डलाई पुल्पुल्याएर शिरमा पु¥याएको उनीहरूको आरोप थियो । चित र पोट जता पनि दाउ हान्न सिपालु प्रचण्डले गिरिजाप्रसादसँग आर्जित विश्वासको चेक देखाएर शेरबहादुर देउवामार्फत छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाए । कांग्रेसीजनका लागि माओवादीसँगको त्यो सहकार्य अहिले पनि हँसियाको बिहेमा खुर्पाको गीत गाएजस्तै बिर्सनयोग्य सपना भएको छ । आफू बोकिएर दुईपटक प्रधानमन्त्री र छोरीलाई देउवाको काँधमा बोकाएर मेयर बनाएका प्रचण्डले दुई वर्ष नबित्दै बुहारीको भविष्य केपी ओलीको पोल्टामा हालिदिए । ओलीका लागि बुहारीको बैतरणी घाँटीमा अड्किएको छुचुन्द्रो सावित भएको छ । 

गुरु द्रोणाचार्यले आफ्नो छोरो अश्वत्थामालाई उत्कृष्ट बनाउन ठूलो घाँटी भएको घडा दिँदा अरू शिष्यले साँघुरो घाँटी भएको घडा पाएका थिए । नदीबाट जसले छिटो पानी भरेर लिएर आउँथ्यो, उही उत्कृष्ट ठहरिन्थ्यो । केपी ओलीले मेलम्चीघडालाई त्यस्तै सुविधाजनक बनाइदिए । समयले एकदिन ओलीलाई प्रश्न गर्नेछ– ‘दियो हावाका कारण निभ्यो भने त हावालाई दोष दिनुहोला, तेल सकिएर निभ्यो भने कसलाई कसलाई दोष दिनुहुन्छ, महाशय ?’ त्यसबेला प्रश्नको उत्तर नभएर पश्चातापका चाङ मात्र बाँकी रहने छन् । यो कलियुग हो, आफूलाई राज्य ठान्नुअघि दशपटक नसोच्ने हो भने त्यो वाण आत्मघाती भएर आफैंतिर फर्कन धेरै समय कुर्नै पर्दैन । कलियुगमा हुने ज्यादतीबारे पाँच हजार वर्षअघि लेखिएको गीताग्रन्थले उतिबेलै खबरदारी गरेको छ । 

लिङ्ग एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ।।
वित्तमेव कलौ नृणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ।।

जसको तात्पर्य हो– ‘जो मानिस घुस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन । जो व्यक्ति बहुत चलाख तथा स्वार्थी हुन्छ ऊ यो युगमा निकै विद्वान् मानिन्छ । कलियुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उति नै गुणी मानिनेछ । र कानुन, न्याय केवल शक्तिका आधारमा लागू गरिनेछ ।’

आखिर व्यक्ति विकासमा पनि यो सिद्धान्त लागू हुन्छ नै ! त्यसैले गगन थापा पुस्ताले पनि प्रचण्डका नातिको भविष्य निर्माणका लागि काँध तयार पारेर राखे हुन्छ । एउटै घटनामा पनि मान्छेले नाफा–घाटा हेरेर फरक फरक निर्णय गर्छ । जस्तो ः चियामा झिंगा डुबे चिया मिल्काउँछ । घिउमा झिंगा परे झिंगा मिल्काउँछ । कुकुरसँग तुलना गरे झगडा गर्न तम्सन्छ, सिंह भन्यो भने मख्ख पर्छ । 

स्वामीनाथ पाण्डेले ‘विधवा’ शीर्षकमा हिन्दी भाषामा तीन पंक्तिको उपन्यास लेखेका छन् । उपन्यास यस्तो छ– ‘एकजना विधवा आमाका दुई छोरा एकजना तल्लो र एकजना माथिल्लो तलामा बस्छन् । प्रत्येक महिनाको पहिलो १५ दिन एउटा छोराकोमा र पछिल्लो १५ दिन अर्को छोराकोमा खाना खान्छिन् । तर, दुर्भाग्य जुन जुन महिना ३१ को हुन्छ, त्यो महिना एकदिन त्यो आमाले उपवास बस्नुपर्छ ।’ 

नेताहरूको हाकिम हुने प्रतिस्पर्धाका कारण नेपाल कम्युनिष्ट पार्टीका उम्दा कार्यकर्ताको दैनिकी ठ्याक्कै तिनै महिलाको जस्तै छ । बालुवाटारको प्रताप खुमलटार स¥यो भन्ने सुन्नेबित्तिकै प्रचण्डनिवास हान्निएका भक्तहरू फेरि प्वाँख काटिएको सुन्नासाथ गन्तव्य फेर्न बाध्य छन् । राजनीतिमा हाकिम प्रवृत्ति कति घातक हुन्छ भने रोमानियाका कम्युनिष्ट तानाशाह निकोलस चाउचेस्कु किटाणुको संक्रमणबाट बच्न दिनमा ३० पटक अल्कोहलले हात धुन्थे । अरू मानिससँग हात मिलाउँदा पञ्जा लगाउँथे । उनी होचा थिए, तर पत्रिकामा फोटो छापिँदा अरूभन्दा अग्लो पारेर छाप्नुपथ्र्यो । यो अन्याय उनैका समर्थकलाई धेरै समय मञ्जुर भएन । आखिर समर्थकले नै सडकमा ल्याई पत्नीसहित घिसारेर मारे । त्यसैले त नेता बेलुनजस्तो नभएर गाडीको टायरजस्तो हुनुपर्छ । 

नेता सत्तामा पुग्दा लोकतन्त्र हाँस्ने, सडकमा पुगेपछि लोकतन्त्रमा ग्रहण लाग्ने मुलुक कुन हो ? क्रान्ति कहिल्यै नसकिने देश कुन हो ? जनताको रासनभन्दा नेताको भाषण बिक्ने तन्त्र कुन देशमा छ ? मतदाताभन्दा नेता सस्तो भएको अनौठो राज्य कुन हो ? राजनीतिले सेवा नभएर दलाली र जागिरको मर्यादा कुन देशमा पाएको छ ? लोकसेवाको पाठ्यक्रम परिवर्तन गरेर यी प्रश्न बनाइएको खण्डमा परीक्षार्थीले सग्लो उत्तर दिनेछन्– नेपाल । 

आपैंmले गरेको त्याग र संघर्षविरुद्ध डेढ दशकमै प्रतिक्रान्तिका लागि जनता उचाल्ने घृणित खेलले राजनीतिलाई सामान्य शिष्टताभन्दा पनि रसातलमा जाकेको छ । यही सोच झाँगिदा सग्लो देश समृद्ध बनाउने भन्दा पनि केक बनाएर भाग खाने प्रतिस्पर्धा तीब्र बनेको छ । मन्त्रीहरू देशका नभएर क्षेत्रपालजस्ता भएका छन् । पूर्वी बोर्डर झापाबाट हिँडेको रात्रिबस एकरात छिचोलेपछि पश्चिमी किल्ला कञ्चनपुर पुग्छ । यत्रो देशभित्र खोजिने शासकीय अधिकारको औचित्य के होला ? 

भारतका लोकप्रिय नेता चौधरी चरणसिंहले सत्तामा आएलगत्तै अनियमित काममा संलग्न हजारौं सरकारी लेखापाललाई पदमुक्त गरे । खोइ, उनको राजनीतिक लोकप्रियतामा कहिल्यै कमी आएन । बिहारमै बसेर सम्पूर्ण भारतको शासन चलाउँथे । राम्रो काम गर्न माक्र्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, समाजवाद केही पढ्नु पर्दैन, बस् एउटा कमिलालाई हेरे पुग्छ– जसले आपूmभन्दा दसौं गुना ठूलो वस्तु मेहनतकासाथ बोक्छ । त्यही अपजसी मुसा जसले समुद्रपारीबाट ल्याएर पृथ्वीमा अन्नको चिनारी गराएको विश्वास गरिन्छ । 

अझ राज्य त त्यो दुधालु गाई हो, जसको स्याहार चाकर गरेमा सबैलाई अमृत बाँड्छ । स्याहार नगर्ने, उही लाम्टामा झुत्ती खेल्ने हो भने अहिलेकै दृश्य काफी छँदैछ । राज्यलाई खल्तीको कागज ठान्दा यस्तो परिस्थिति आएको हो भन्नेमा सन्देह छैन । राज्यका सारथिहरूले गर्ने सामान्य गल्तीको परिणाम कति पुस्ताले झेल्नुपर्छ सहजै आकलन गर्न सकिन्छ । जसले आपूmले आपैंmलाई शासन गर्न सक्दैन, त्यसले गरेको शासन गलत हुन्छ । एउटा अपठित मानिसले गर्ने काम जस्तैः घाँस काट्न, गाई दुहुन, हलो जोत्न पनि सीप चाहिन्छ । सबैभन्दा सजिलो काम ढिंडो, रोटो र खोले फाँडो खाने पनि आप्mनै तरिका छ । ढिंडो चपाएर निल्यो भने निल्नेको इज्जत स्वाहा हुन्छ । 

अब प्रश्न उठ्छ– यी सामान्य विषयमा त सीपको दरकार पर्छ भने राज्य चलाउनेहरू चाहिँ के जति अयोग्य भए पनि हुन्छ ? राजनीति गर्नेले समाज बुभ्mनु पर्दैन ? गाउँमा बोलिने गानोगोला र शहरमा बोलिने ग्यास्ट्रिकको भेद कुनै डाक्टरले अलग अलग खुट्याएर उपचार ग¥यो भने के हुन्छ ? समूल समाजकै डाक्टर मानिने राजनीतिज्ञहरूले पनि यस्ता घटनाबाट सवक सिक्न जरुरी छ । नत्र हेक्का राखे हुन्छ– लक्ष्यबिनाको राजनीति र ठेगानारहित चिठीको खामले गन्तव्य समाउँदैन । 

टिप्पणीहरू