दलदलेमा डुबे दुई नेपाली


धादिङका रोशन छतकुली

एकातिर अस्ट्रेलियामा ४७ डिग्रीको प्रचण्ड गर्मी, मानिसहरु घरमै बन्धक अवस्थामा । राजमार्ग छेउ जताततै आगलागी (बुसफायर) अर्कातिर नेपाली मरेको मर्यै ।

सिड्नीलाई पानी दिने मुहानरुपी हन्स्बी इलाकामा हिजो साँझ डुल्न जाँदा नदीको दल्दलेमा डुबेर दुई नेपालीको मृत्यु, एक सिकिस्त !

राती ७.३० बजे उक्त घटनाको सूचना प्राप्त हुनासाथ पुगेको रेस्क्यु टिमले एअरलिफ्ट गरी एकजनालाई सिड्नी पुर्याएको छ । मृतकमध्येका एकजना धादिङका रोशन छतकुली छन् भने अर्का एक जना सापकोटा थरको भएको बताइन्छ ।

यसैबीच नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धनका निम्ति भोलि पर्यटन मन्त्री योगेश भट्टराई अस्ट्रेलिया पुग्ने कार्यक्रम छ .

टिप्पणीहरू