माओवादी केन्द्र पाँचथरको संयोजकमा जबेगु

माओवादी केन्द्र पाँचथरको संयोजकमा जबेगु

नेकपा (माओवादी केन्द्र) पाँचथरको संयोजकको जिम्मेवारी होम जबेगु (सुर्यमान) ले पाएका छन् । माओवादी केन्द्र प्रदेश १ कमिटी बैठकले जबेगुलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै, पाँचथर प्रदेशसभा ‘क’ इन्चार्जको जिम्मेवारी टिका प्रकाश नेम्बाङ र पाँचथर प्रदेशसभा ‘ख’ को इन्चार्जको जिम्मेवारी संखध्वज नेम्बाङले प्राप्त गरेका छन् ।

पालिका इन्चार्जको जिम्मेवारी पाउनेहरुमा फिदिम नगरपालिकामा राधाकृष्ण न्यौपाने, याङवरक अर्जुन बेघा, हिलिहाङ रविन तिम्सिना, फालेलुङ महेन्द्र जबेगु (फुङ्निमा) रहेका छन् ।

त्यस्तै, फाल्गुनन्दमा ठाकुरसिं नेम्बाङ, तुम्बेवामा देवेन्द्र खत्री, मिक्लाजुङमा जुनु लाओती र कुम्मायकमा येगेन्द्र खड्कालाई इन्चार्जको जिम्मेवारी दिने निर्णय भएको माओवादी केन्द्र १ नं.प्रदेश कमिटीका अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो) ले जानकारी दिए ।

टिप्पणीहरू