गरिब पहिचानको लागि काठमाडौँलाई गणक चाहियो

गरिब पहिचानको लागि काठमाडौँलाई गणक चाहियो

काठमाडौं महानगरपालिकाले गरिब परिवारको पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणक मागेको छ । महानगरले आज सूचना प्रकाशित गर्दै सुपरिवेक्षक र गणकका लागि आवेदन मागेको हो ।

२१ जना सुपरिवेक्षक र २१० जना गणक मागेको महानगरले माघ २४ गतेभित्र आवेदन दिन भनेको छ । इच्छुकले काठमाडौँ महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिनसक्ने बताइएको छ ।

सूचनामा दुवै पदका लागि योग्यता पनि तोकिएको छ । सुपरिवेक्षकका लागि तथ्याङ शास्त्र तथा गणित विषय लिएर कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ भने गणकका लागि प्लस टु पास गरेको हुनुपर्नेछ ।

सूचनामा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सक्ने उल्लेख छ । साथै, सम्बन्धित स्थानीय तहका बासिन्दालाई प्राथमिकता दिइने पनि महानगरले जनाएको छ।

टिप्पणीहरू