प्रधानमन्त्री पड्किँदा…
बालुवाटारमा शुक्रबार बिहान ९ बजे बैठक शुरु भयो । नेकपा अध्यक्ष प्रचण्डको प्रस्ताव थियो, ‘अध्यक्ष लिनेलाई एक सदस्य, नलिनेलाई तीन सदस्य †’ तर, प्रधानमन्त्री ओली रिसाउनुभयो । ‘वस्तुपरक कुरा पो हुनुपर्छ । अध्यक्षलाई अल्पमतमा पारेर अर्को पक्षले बहुमत लिएपछि कसरी संस्था सफल हुन्छ ?’ बिरामी प्रधानमन्त्री कड्किएपछि सबै चूपचाप रहे । एकछिनपछि सल्लाह भयो, ‘यस्तो तनावमा निर्णय नलिऔँ, बेलुका बसौँ ।’ केहीबेरमै दुई अध्यक्ष लिफ्ट चढेर प्रधानमन्त्रीको शयनकक्षतिर उक्लिनुभयो ।
साँझ ५ बजे अर्कै बैठक जुधेपछि भोलिपल्ट बिहान ९ बजे बस्ने तय भयो तर बिहान पनि कुरा उही ! ओलीले ‘यो के गरेको…’ भन्दै असहमति जनाउनुभयो । पूर्वएमालेबाट पूर्वसहमहान्यायाधिवक्ता युवराज सुवेदीलाई बेपत्ता छानबिनमा र शेरबहादुरले पहिल्यैदेखि भन्दै आएका गणेशदत्त भट्टलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष दिने गरी माथिबाट नाम आयो । त्यसमध्ये सत्य निरुपणमा नेपाली कांग्रेसबाट एउटा सदस्य प¥यो, बेपत्ता छानवीनमा तीनजना अटाए ।
एक राउण्ड चियाकफीमा सबै कुरा सकियो । पूर्वमाओवादीबाट सत्य निरुपणमा गोविन्द गौतम, विष्णु पोखरेल र विश्वप्रकाश भण्डारी परेका छन् । बेपत्ता छानवीनमा पूर्वएमालेबाट मन दाहाल समेटिएकी छन् । शनिबारको बैठकमा शेरबहादुरको तर्फबाट गएका रमेश लेखकले सहमतिलाई सहज गराउन निर्णायक भूमिका खेले । रामचन्द्रको पक्षबाट गएका मीनेन्द्र रिजालले उनको रुचीअनुसार तनहुँकै डा.गंगाधर अधिकारीको नाम अनुमोदित भएपछि आनाकानी गरेनन् ।
टिप्पणीहरू