चितवनका मुख्य न्यायाधीश हिरो बन्न खोजेका हुन् ?

चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश माननीय हेमन्त रावल भीडबाट प्रभावित भएर हिरो बन्न खोजेका हुन् ? पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो रेकर्डका आधारमा सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेससिहत तीन जनाको नाम पोलेका थिए ।

सोही भिडियोलाई विधि विज्ञान प्रयोगशालादेखि चिकित्सक र विशेषज्ञहरुले जाँचबुझ गर्दा मृतक शालिकरामकै आवाज ठहरिएको थियो । त्यहाँ शालिकरामले यी तीनबाहेक अरु कसैलाई मुछेका थिएनन् । विधि विज्ञान प्रयोगशालाले मात्र होइन विशेषज्ञ र चिकित्सकहरुले त्यो भिडियो मृतककै रहेको सम्मानित अदालतसमक्ष बकपत्र दिएका थिए । त्यही र मृतकका परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले रवि लामिछानेसहित युवराज र रुकुविरुद्ध गत बर्ष भाद्र १ गतेदेखि लागू भएको मुलुकी ऐन अनुसारको आत्महत्या दुरुत्साहनसम्बन्धी मुध्दा चलाएको हो । शुरुमा धरौटीमा छाडेका उनै न्यायाधीश हेमन्तले यी तीनै व्यक्तिलाई भर्खरै सफाईको फैसला सुनाएका छन् । अहिले पात्रहरु हामीमाथि हुँदै नभएको दोष लगाइयो भनी आफ्नो च्यानलमार्फत सफाइ दिदैछन् । र, आफूहरुलाई अदालतले निर्दाेष ठहरायो भन्दैछन् ।

बुझ्नुपर्ने कुरा के हो भने,यो नै मुद्दाको अन्तिम किनारा होइन,शालिकरामका आफन्त र सरकारी वकिल कार्यालय अझै उच्चदेखि सर्वाेच्च अदालतसम्म जाने तयारीमै छन्।

टिप्पणीहरू